
काठमाडौं । मुस्लिम आयोग द्वारा आयोजित नवनिर्वाचित प्रतिनिधिसभा तथा प्रदेश सभाका माननीय सांसदहरूलाई बधाई एवं शुभकामना तथा संवैधानिक मुस्लिम पहिचानको कार्यन्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा समुदायको हक हित अभिवृद्धिका लागि बिधमान कानुनी, नीतिगत तथा संस्थागत विषयमा नव निर्वाचित माननीय सदस्यहरूसँग छलफल भयोएको थियो । कार्यक्रमको अध्यक्षता मुस्लिम आयोगका अध्यक्ष माननीय समिम मियाँ अन्सारीले गर्नु भएका थिए ।
कार्यक्रममा मुस्लिम आयोगको सम्पूर्ण परिवार, विभिन्न पार्टीका केन्द्रीय सदस्य , विभिन्न संघ संस्थाका अध्यक्ष लगायत प्रतिनिधिहरू, मौलाना , मुस्लिम बुद्धिजीवि लगायतको उपस्थिति रहेको थियो।