
कपिलवस्तु । म्याजिक इन्टरटेन्मेन्ट मिडिया प्रा।लाीद्धारा सञ्चालित हर्ट विट एफ.एम ९१.३ मेगाहर्जको संचालक समिति अध्यक्षमा पुनः धातानन्द भुसाल चयन हुनुभएको छ । शनिवार बाणगंगा १ बैरियामा रहेको एभरग्रिन होटलमा सम्पन्न पाचौँ साधारण सभा तथा तेस्रो अधिवेसन बाट भुसालको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति गठन भएको हो ।
जसको बरिष्ठ उपाध्यक्षमा तुल्सी प्रसाद अर्याल, उपाध्यक्षमा सुनिल कुमार गुप्ता, महासचिव केशव सापकोटा, सचिव कमला खाँण (सुस्मा), कोषाध्यक्ष अशोक कुमार पन्त, लेखा संयोजक खगेन्द्र पौडेल, बरिष्ठ सल्लाहाकार कृष्ण प्रसाद भट्टराई, सदस्यहरु कमलराज गौतम, अरुण सिंह, र क्याप्टेन गंगा बहादुर कार्कि रहनुभएको छ ।
कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष्य भुसालले विगतको कार्यकालमा पनि रेडियोलाई जिल्लामै उत्केृष्ठ संचार माध्यमको रुपमा विकास गरेको दाबी गर्दै अबको कार्यकालमा त्यसलाई थप प्रभावकारी बनाएर लैजाने बताउनु भएको थियो । विगतका केहि वर्षमा कोरोनाले रेडियो संचालनमा निक्कै समस्या उत्पन्न गराएको स्मरण गर्दै विगतका दिनमा भएका कमिकमजोरीलाई सुधार गरेर स्वच्छ र निष्पक्ष संचार माध्यमको रुपमा विकास गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
त्यस्तै एफ.एमका स्टेसन म्यानेजर पिताम्बर घिमिरे (हरी) ले कपिलवस्तुमा मात्र नभएर छिमेकी जिल्ला अर्घाखाँची, रुपन्देही, पाल्पा सम्मका जनतामाझ रेडीयोले सत्य र निष्पक्ष समाचार सम्प्रेशण गरिरहेको बताउनु भएको छ । जस्तो सुकै अवस्थामा पनि रेडीयो बाट सत्य र निष्पक्ष समाचार र जनाकारी सम्प्रेशण गर्ने प्रतिबद्धता जनाउनु भएको छ । सिमित स्रोत साधन र कर्मचारीको भरमा पनि जनतामाझ रेडीयोलाई लोकप्रिय बनाउन सफल भएको घिमिरेको दाबी रहेको थियो ।
करिब २३ शेयर सदस्य उपस्थिती रहेको कार्यक्रममा तुल्सी प्रसाद अर्यालको स्वाग्त रहेको थियो भने महासचिव विष्णु अर्यालले कार्यक्रमको संचालन गर्नुभएको थियो ।