मनकामना सामुदायिक वनको अध्यक्षमा कार्की निर्वाचित

उपकार अनलाइन, कपिलवस्तु ।मनकामना सामुदायिक वनको अन्तिम मतगणना सार्वजकि गरीएको छ । कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. २ नन्दनगरमा रहेको वनको अन्तिम मतगणना केहि वेर अगाडी सार्वजनिक गरीएको हो ।

शनिबार भएको वनको कार्यसमितिको निर्वाचनमा १८ पदका लागि ५३ जना उम्मेदवार प्रतिस्पर्धा गरेका थिए । ११ सय १ जना उपभोक्ता रहेको वनमा ९ सय ३३ मत खसेको निर्वाचन मण्डलले जनाएको छ ।

अन्तिम परिणाम अनुसार १ जना कार्यसमिति सदस्य र लेखा सदस्य बाहेक १६ पदमा एमाले को मुक्त बहादुर कार्की अध्यक्ष रहेको प्यानलले जित निकालेको छ ।

मनकामना सामुदायिक वनमा
खसेको मत .९३३
मत गणना सम्पन्न

मुक्त बहादुर कार्की प्यानल
अध्यक्ष .३५३ बिजयी
उपाध्यक्ष.३८७ बिजयी
सचिव. ३५७ बिजयी
कोषाध्यक्ष .४२१ बिजयी
सह–सचिव.३४५ बिजयी

चुरामणी अर्याल प्यानल
अध्यक्ष .२८४
उपाध्यक्ष . ३३०
सचिव.३१७
कोषाध्यक्ष .३३२

सह-सचिव. ३१९

कमल घिमिरे प्यानल
अध्यक्ष .१७९
सह–सचिव.२९

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation