
काठमाडौं : रवि लामिछानेले पुन: नेपाली नागरिकता लिएका छन्। उनले जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर नागरिकताको प्रमाणपत्र लिएका हुन्।
लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले सर्वोच्चको आदेशअनुसार लामिछानेले पुन: नागरिकता कायम भएको जानकारी दिए।
नागरिकताको विवादमा परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता पुनः प्राप्ति गर्न आदेश दिएसँगै लामिछानेको सांसद तथा गृहमन्त्री पद खारेज भएको थियो।