
रुपन्देही । रुपन्देहीको गैडहवा गाउँपालिका वाड न . ९ स्थित शिवनगर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा स्त्रीरोग सम्बन्धि १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरबाट २४८ जनाले सेवा लिएका छन ।
कार्यक्रममा प्रमुख अतिथि गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले स्वास्थ्य नै हर जिवित प्राणीको पहिलो प्राथमिकता रहेको बताउदै गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा पहिलो प्राथमिकताका साथमा काम गरेको बताउदै महिला हरुको स्वास्थ्य समस्या धेरै हुन्ने बताउन नसक्दा पीडित भएकोले महिलाको स्वास्थ्यमा गाउँपालिकाले गम्भीरतापर्ूवक काम गर्ने भनाइ राख्नु भयो। कार्यक्रममा विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष माधुरी जैसवालले महिलाको हरेक स्वास्थ्य समस्या समाधान गर्न गाउँपालिकाले बजेट ब्यबस्थापन गरेको भन्दै स्वास्थ्यलाई ख्याल गर्नुपर्ने भनाइ राख्नु भयो।
गैडहवा स्वास्थ्य शाखाको तर्फबाट सीता गौतम डाक्टर सतिस रुपाखेती बिष्णु गुरुङ लगाएतले सामान्य कुरामा ख्याल नगर्दा ठुला रोगले आक्रमण गर्ने हुदा स्वास्थ्यमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो। कार्यक्रमको अध्यक्षत्ता गैडहवा वाड नं. ९ अध्यक्ष मीना क्षेत्रीले स्वास्थ्य क्षेत्रमा गाउँपालिकाको समन्वयमा वाड न ९ ले काम गर्दै आएको बताउदै महिलाहरुको समस्या महिलाले मात्रै बढी बुझ्ने भन्दै कार्यक्रममा उपस्थिति सबैलाई धन्यवाद दिनु भएको ।
कार्यक्रममा स्थानीय बुद्धिजीवी विभिन्न संघ-संस्थाका प्रतिनिधि सञ्चारकर्मीको उपस्थिति रहेको थियोे । कार्यक्रमको सञ्चालन स्वास्थ्य चौकी इन्चार्ज बन्दना चौहानले गर्नु भएको हो।