करेन्ट लागेर अर्घाखाँचीमा एक जनाकाे ज्यान गयाे

अर्घाखाँची ।  अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ ढिकुरामा करेन्ट लागेर एक जनाकाे ज्यान गएकाे छ ।

आज साेमवार ढिकुराको भुजेलपानीमा बिजुली मर्मत गर्ने क्रममा सन्धिखर्क नगरपालिका वडा नम्वर ७ डिहिडाँडा निवासी १९ वर्षीय रोशन शाहको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयाे ।

करेन्ट लागेर गम्भीर घाइते भएका शाहलाई उपचारका लागि अर्घाखाँची जिल्ला अस्पतालमा पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेका प्रहरी कार्यालयले जनाएकाे छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation