नेपाल स्वंय सेवक संघ कपिलवस्तुमा नयाँ कार्यसमिति चयन

चेतन विष्ट, कपिलवस्तु ।

नेपाल स्वंय सेवक संघ कपिलवस्तुमा नयाँ कार्यसमिति चयन गरिएको छ । संघका केन्द्रिय अध्यक्ष खेमराज पौडेलको अध्यक्षतामा आज जिल्लाको चारनम्बरमा रहेको संघको कार्यालयमा बसेको बैठकले नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको अध्यक्षमा अमृत गिरि, बरिष्ठ उपाध्यक्षमा सुसिला क्षेत्री, महिला उपाध्यक्ष्मा दक्षा भट्टराई, उपाध्यक्षमा धिरज यादव, महासचिवमा पवन राज पाण्डे, सचिवमा सृष्टि भुर्तेल, सहसचिवमा रितु खनाल, कोषाध्यक्ष पशुपति गिरि, सहकोषाध्यक्ष सलिम खान, सदस्यहरुमा अन्जु बेल्बासे र प्रिया पोडेल लगायत रहनुभएको छ ।

कार्यक्रममा बोल्दै केन्द्रिय अध्यक्ष पौडेलले आगामी दिनमा समाजका हरेक क्षेत्रमा आफ्नो गाउँ ठाउँको स्तर उन्नति बिकासका लागि र समाज परिवर्तन गर्न युवालाई लक्षित गरि नेपाल स्वंयम सेवक संघ अघि बढ्ने बताउनु भएको छ । नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदैँ अब नयाँ शाहसको साथमा सामाजिक तथा युवाहरुको नेतृत्वमा सामाजिक कार्य अगाडि बढाउनुपर्ने बताउनु भएको थियो ।

नेपाल स्वयंसेवक संघलाई अगाडि बढाएर, स्वरोजगार निर्माण गरी देशमै रहने वातावरण बनाई पलायन रोक्ने, बढ्दो महङ्गाई, भ्रस्टचार, बलत्कार, देशप्रती हुने घुसपैठ, कालोबजारी जस्ता खबरदारी गर्नु यो संघको मुख्य भुमिका रहेको केन्द्रिय अध्यक्ष पौडेलको भनाइ रहेको थियो । यो कुनै पार्टि जात धर्म र लिङ्ग प्रति सम्मिलित नभई हामी सम्पुर्ण नेपालीको साझा सस्था रहेको बताउनुभएको थियो ।

त्यस्तै बैठकले फागुन १ गते सम्म आपतकालिन सम्पर्क नम्बर जारी गर्ने, प्रत्येक महिनाको पहिलो शनिवार बैठक बस्ने र जिल्ला कार्यसमितिको पहिलो कायक्रममा विभिन्न सरसफाइका कार्यक्रम गर्ने निर्णय गरेको केन्द्रिय अध्यक्ष खेमराज पौडेलले जानकारी दिनुभयो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation