कपिलवस्तुको चन्द्रौटामा ११ सय ४० किलो अखाद्य मह नष्ट

कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटास्थित वडा प्रहरी कार्यालयले बरामद गरेको ११ सय ४० किलो अखाद्य मह नष्ट गरेको छ । प्रहरीले उक्त अखाद्य मह शिवराज नगरपालिका–३ बाट बरामद गरी नष्ट गरेको हो ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजंग शाहीका अनुसार सो परिमाणको मह ७६ वटा डिब्बामा बेच्नका लागि अन्यत्र पठाउन लागिएको अवस्थामा बरामद गरिएको हो ।

विभिन्न हानिकारक तत्त्व मिसाएर बनाइएको सो महको बजार मूल्य दुई लाख ८५ हजार रूपैयाँ रहेको प्रहरीले जनाएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation