संचारकर्मी घर्तीको जन्मदिनमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्रि वितरण

कपिलवस्तु । जन्मदिनलाई पश्चिमाको नक्कल गर्दै भड्किलो बनाउने परम्परा मौलाई रहेको बेलामा रोल्पाका संचारकर्मी भुपेन घर्ति मगरले भने विद्यार्थीहलाई शैक्षिक सामाग्रि वितरण गरेर आफ्नो जन्मदिन मनाउनु भएको छ ।

रोल्पाको गंगादेब ५ मा जन्मनुभएका घर्ति मगरले गंगादेब ५ आरूचौरमा अवस्थित कक्षा ३ सम्म रहेको गुराँसेतारा प्राथामिक विधालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रि वितरण गरेर आफ्नो जन्मदिन मनाउनुभएको हो । जुन विद्यालयमा जम्मा ७० जना विद्यार्थी छन भने ६५ जना विद्यार्थी दलित समुदायका विद्यार्थी रहेका छन ।

शैक्षिक सामाग्रि वितरण कार्यक्रममा बोल्दै घर्तिले आफुले उक्त विद्यालयका विभिन्न पिडादायि विषय वस्तुलाई पहिला पनि संचार माध्यममा ल्याएको बताउँदै उक्त विद्यालयमा गएर आफ्नो जन्मदिन मनाउन पाएका भन्दै खुसी ब्यक्त गर्नुभएको थियो । शैक्षिक सामाग्रि प्राप्त गरिसकेपछि ति साना साना विद्यार्थीहरुको चेहारामा निक्कै मिठो खुसी देख्न पाएको भन्दै यस्तो कार्यलाई आगामि दिनमा पनि जारी राख्ने बताउनुभएको थियो । त्यस्तै उक्त विद्यालयको भवन निक्कै जिर्ण अवस्थामा रहेकोले चिसो मौसममा पठनपाठनमा समेत निक्कै समस्या हुदाँ समेत स्थानिय सरकारले कुनै चासो नदेखाएको प्रति दुख समेत व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर पडाडिले जन्मदिनको शुभकामना दिदै यस्तो सहयोग गरको भन्दै धन्यवाद ब्यक्त गर्नुभएको थियो । साथै उहँले यस्ता सहयोगि हातहरुको अझै अपेक्ष रहने पनि बताउनु भएको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation