अपराजिता पारिजातको अन्तरक्रिया कार्यक्रम बुटवलमा सम्पन्न

बुटवल । महिला मुक्तिको नयाँ वैचारिकी स्वरुप प्रकाशित त्रैमाशिक पत्रीका अपराजिता पारिजातको दोश्रो अंकको अन्तरक्रिया कार्यक्रम शनिवार बुटवलमा सम्पन्न भएको छ।  प्रकाशक राजेश्वरी सुवेदी, लेखक रन्जु रेग्मी र डाक्टर सन्जिव उप्रेती , वामपन्थी लेखक दिल साहनी , लैङ्गिक उत्पिडन र समानताको विषयमा अध्यन गरिरहेकी माया घिमिरे , लेखक अध्यता रामचन्द्र श्रेष्ठ, कवि गिरि श्रीस लगायतले उक्त पुस्तक चर्चा परिचर्चा साथै निरन्तरताको शुभकामना व्यक्त गरेका थिए।
अन्तरक्रियामा समकालीन महिलाका मुद्दा समस्याको उठान र समाधनको वैचारिकी विषयमा छलफल गरिएको थियो ।  कार्यक्रममा बुद्धिजीवी बुटवलका पाठक अध्येता सामाजिक सरोकारवाला महिला आन्दोलनका अभियान्ता हरुको उपस्थिती रहेको उक्त कार्यक्रम को सन्चालन सम्पादक सुमिना ले गर्नु भएको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation