लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचन जारी, मुख्यमन्त्री गिरीले गरे मतदान

दाङ । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनअन्तर्गतको मतदान‍ कार्य जारी रहेको छ। दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा रहेको मतदान स्थलमा पुगेर केहीबेर अघि मुख्यमन्त्री लिला गिरीले पनि मतदान गरेका छन्।

यो समाचार तयार पार्दासम्म प्राप्त जानकारी अनुसार ३०५ मतदाता रहेकोमा ६० जना प्रदेशसभा सदस्यले मतदान गरे भने स्थानीय तहतर्फ १३५ मत खसेको छ। मतदानका लागि २ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ। एक जना सदस्य चयन गर्न उपनिर्वाचन हुन थालेको हो।

नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको १ सिटमा उपनिर्वाचन हुन लागेको छ।

जसका लागि एमालेका कुमार दसौँदी, नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायबीच प्रतिस्पर्धा हुँदैछ मतदान दिउँसो ३ बजेसम्म हुनेछ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation