टर्की र सिरियामा भूकम्प बाट क्षति भएको प्रति मशहूद लगायतले गरे दुख: व्यक्त

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ बस्ने लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, नेकपा माओबादी केन्द्र कृष्णनगर नगर अध्यक्ष जाबेद आलम खा, राष्ट्रीय मदरसा संघ नेपालका अध्यक्ष डा. अबदुल गनि अल्कूफी, राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की, असरफ खान लगायतले टर्की र सिरियामा आएको भूकम्पको प्रभावबाट भएको क्षति प्रति गहिरो दुख व्यक्त गरेका छन् ।

टर्कीमा आएको भूकम्पमा परि आठ हजार जना भन्दा बढी ले ज्यान गुमाएको तथा चालिस हजार भन्दा बढी घाइते भएको तथा सिरियामा लगभग तीन हजार जनाले ज्यान गुमाएका प्रति मौलाना लगायतले मृतक आत्मा प्रति हार्दिक श्रद्धांजलि तथा घाइते हरूको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । साथै उपाध्यक्ष मौलाना मशहूदले टर्कीमा रहेका नेपाली हरूको अवस्था बारे नेपाल सरकार छिट्टै जानकारी लिई नेपाली हरूको अवस्था बुझ्न माग गरे l

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation