लुम्बिनी प्रदेश: बिना विभागीय मन्त्री केसीले दिइन् राजीनामा

रुपन्देही । लुम्बिनी प्रदेशका बिना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिएकी छन् । मन्त्रालय छनोटमा असन्तुष्टि भएको कारण उनले राजीनामा दिएको बुझिएको छ।

नेकपा (माओवादी केन्द्र) को तर्फबाट बिना विभागीय मन्त्री बनेकी केसी राजीनामा दिएको माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पुष्टि गरे । यसबारेमा थप छलफल भइरहेको उनले बताए ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation