दोहोरी गीत प्रतिष्ठान लुम्बिनीको नेतृत्व दिपु मगरलाई

उपकार अनलाइन, सैनामैना ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
‘हाम्रो अभियान, लोक सस्कृतीको संरक्षण, राष्ट्रको सम्मान, नव प्रतिभाको प्रोत्साहन’ भन्ने मुल नारा सहित माघ २७ गते देखि सुरु भएको साधारण सभा तथा अधिवेशन शनिवार सम्पन्न भएको हो ।

ब्लु वेल पार्टी प्लेस तिलोत्तमा ३ ड्राइभरटोलमा दुइ दिन सम्म चलेको अधिवेशनबाट दिपु मगरको अध्यक्षमा लुम्विनी प्रदेश कमिटि गठन भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशको नेतृत्व सर्वसम्मत चयन हुन नसके पछि शनिवार निर्वाचन भएको थियो । शनिवार भएको प्रतिष्ठान लुम्बिनी प्रदेशको कार्यसमितिको निर्वाचनमा ६ पदका लागि १२ जना उम्मेदवार प्रतिस्पर्धा गरेका थिए । २१९ मतदाता रहेको प्रतिष्ठान लुम्बिनीमा २१५ मत खसेको निर्वाचन मण्डलले जनाएको छ । शनिवार नै सम्पन भएको मतगणनामा दिपु मगर दोव्वर बढी मतले विजय हुनुभएको थियो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेश निर्वाचित कमिटिः
अध्यक्षः दिपु मगर
बरिष्ठ उपाध्यक्षः दामोदर बस्याल
प्रथम उपाध्यक्षः दिपक कार्की
द्धितिय उपाध्यक्षः नारायण विपि परियार
सचिवः योगराज पोख्रेल
महिला सचिवः रेखा विष्ट
अन्य पद तथा सदस्यमा भने सर्वसम्मत चयन भएको थियो ।

 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation