बालुवाटारमा प्रधानमन्त्री र कोरियाली राष्ट्रपतिका विशेष दूतबीच भेटवार्ता

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योअलका विशेष दूत सुङ मिन जङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर जङसहितको ८ जनाको टोलीले प्रचण्डसँग शिष्टाचार भेट गरेको हो।

भेटवार्तामा दुई देश बीचको आपसी सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सो अवसरमा द्विपक्षीय सम्बन्धलाई थप सदृढ बनाउने, आर्थिक सहयोग आदानप्रदान लगायतका विषयमा महत्वपूर्ण छलफल भएको थियो।

इपीएसमार्फत् अझ बढी कामदार कोरिया लैजाने, दक्षिण कोरियाबाट नेपालमा प्राप्त सहयोग बढाउने विषयमा पनि छलफल भएको थियो। आगामी वर्ष नेपाल र दक्षिण कोरियाबीच कुटनीतिक सम्बन्ध सुरु भएको ५० वर्ष पुग्ने भएकाले त्यसलाई भव्यताका साथ मनाउने विषयमा पनि छलफल भएको जनाइएको छ

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation