
कपिलवस्तु । विराटनगरमा यहि माघ ७ र ८ गते हुन लागेको नेपाल खेलकुद महासंघको दोस्रो महाधिवेशनको लागि जिल्ला खेलकुद महासंघ कपिलवस्तुले सम्पुर्ण तयारी पुरा गरेको छ । महाधिवेशनको लागि प्रतिनिधि छनोट गरि सम्पुर्ण तयारी पुरा गरेको जिल्ला अध्यक्ष शुसिल कुवरले जानकारी दिनुभएको छ ।
नेपाल खेलकुद महासंघ कपिलवस्तुका इन्चार्ज स्याम सुवेदीले केन्द्रिय सचिवमा दाबी गर्ने उहँले बताउनु भएको छ ।
लुम्बिनी प्रदेशमै अग्र स्थानमा रहेको कपिलवस्तु जिल्ला समितिलेल केन्द्रिय मुख्य एक पदमा दाबी सहित महाधिवेशनमा सहभागि हुने अध्यक्ष कुवरले बताउनु भएको छ ।
विभिन्न संघ संस्थामा लामो समय काम गरेर अनुभव प्राप्त व्याक्तिलाई उम्मेद्वार गराएकोले आफुहरुको जित सुनिश्चित भएको समेत उहाँले दाबी गर्नुभएको छ ।