उपकार अनलाइन, बाणगंगा ।
नेपाली परम्परागत लोक संस्कृति प्रतिष्ठान कपिलवस्तुको प्रथम साधारणसभा तथा पहिलो अधिबेशन समपन्न भएको छ । लामो समयको प्रयास पछि बाणगंगा १ बैरियामा रहेको एभरग्रनी होटलमा पहिलो साधारण सभा तथा अधिवेशन सम्पन्न भएको हो ।
संस्थाका तदर्थ समिति अध्यक्ष बुद्धि शागर बेल्बासेको अध्यक्षतामा बसेको पहिलो साधारणसभा एबम अधिबेशनमा लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल, लुम्बिनी प्रदेस सदस्य एबम लोक गायक पुर्णचन्द्र परियार को प्रमुख अतिथि, कार्यक्रममा बिशिस्ट अतिथि नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलख बहादुर पछाइ, शैक्षिक एबम संस्कृति प्रेमी देबि बहादुर पोख्रेल, लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष थानेश्वर अधिकारी ,जन प्रतिनिधि टोपकला बि.सि. लगायत संचारकर्मी ,स्थानिय संस्कृति प्रेमीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै विशिष्ट अतिथि थानेश्वर अधिकारी, दोलख बहादुर पछाइले पश्चिमी संस्कृतिले परम्परागत लोक संस्कृति माथी धावा बोलिरहेको अवस्थामा लोक संस्कृति ,भेष भुसा ,भाषा, कला र साहित्यमा समेत नयाँ सर्जक ल्याइ सिक्ने सिकाउने अभियानमा लागेकोमा सबैलाइ धन्यवाद व्यक्त गर्नुभयो । साथै सस्थाका लागि आफ्नो तर्फवाट हुन सक्ने सहयोग गर्ने वताउनुभयो ।
प्रमुख अतिथी पुर्णचन्द्र परियारले संस्थाले अगाडि सारेका अभियानमा जोडिएर परम्परागत कला संस्कृतिका लागि हातेमालो गर्दै विभिन्न निकायबाट सिक्ने सिकाने अभियानमा सहयोग जुटाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
तदर्थ समितिका सहसचिव युवा विद्यार्थी लक्ष्मण घिमिरेको स्वागत मन्तव्यमा तदर्थ समितिका सचिब शंकर भट्टराईले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । कार्यक्रमको खुल्ला सत्र समापन गर्दे कार्यक्रममा अध्यक्ष बुद्धिसागर वेल्वासेले वन्दसत्रका लागी निर्वाचन मण्डल लाई फ्लोर हस्तान्तरण गर्नु भएको थियो । देबि बहादुर पोख्रेलको संयोजकत्वमा दोलख बहादुर पछाइ, थानेस्वर अधिकारी सहित ३ सदस्यीय निर्वाचन मण्डल तय गरि मनोनयन दर्ता सहित निर्वाचन प्रक्रियामा अगाडि बढाइ बुद्दिशागर बेल्बासे अध्यक्ष ,शिवा बेल्बासे घिमिरे उपाध्यक्ष ,शंकर भट्टराई सचीव ,लक्ष्मण घिमिरे सहसचिव ,चन्द्रकान्त घिमिरे कोषाध्यक्ष सदस्यमा क्रमशः बेलुका बुढाथोकी ,रमा सुवेदी बेल्बासे,बिना सारु, नरमाया पचभैया, रितु पचभैया सहितको कार्यसमिति निर्बिरोध निर्वाचित भएको छ।
नवनिर्वाचित कार्यसमितिको बिधिवत सपथ ग्रहण निर्वाचन मण्डलका सदस्य थानेस्वर अधिकारिले गराउनु भएको थियो।नवनिर्वाचित कार्यसमितिलाई बधाई दिंदै जनप्रतिनिधि टोपकला बि सि ले स्थानीय तहबाट संस्थाका उदेश्य पूरा गर्न पुर्ण सहयोग पुराउने प्रतिबद्धता सहित सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभएको थियो। नवनिर्वाचित अध्यक्ष बेल्बासेलेआफ्नो समुहलाइ निर्बिरोध निर्वाचित गराउने उपस्थित सबै र निर्वाचन मन्डल प्रती कृतज्ञता प्रकट गर्दै संस्थाले अवलम्बन गरेका बिधानसम्मत कुरालाइ अक्षरस पालना गर्दै संस्थाका उदेश्य माथी सहयोग पुराउन स्थानीय तहदेखि माथिल्लो स्तर सम्मका राज्य तथा विभिन्न संघ संस्थालाई आग्रह गर्नुभएको थियो। कार्यक्रम मा बोल्दै अध्यक्ष बेल्बासेले आगामी पहिलो बैठक बाटै विभिन्न बिधामा उपसमिति गठन गरि संस्थाका गतिविधि लाई शृजनशिल र रचनात्मक ढंगले अगाडि बढाइने भएकाले संस्था मा आवद्ध हुन आम संस्कृति प्रेमी सबैलाइ आग्रह समेत गर्नुभएको छ । कार्यक्रममा १६ जना आजिवन सदस्य लाई आजिवनसद्सयता प्रमाणपत्र समेत प्रदान गरिएको थियो।