सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा बुधवार विविध कार्यक्रम सम्पन्न

सैनामैना । सैनामैना नगरपालिका ६ कलाैनीमा रहेको सहिद नारायण पोखरेल जारी खेल सप्ताहमा आज(बुधबार ) विभिन्न खेलहरु सम्पन्न भएका छन । बिद्यार्थीहरुको अन्तरनिहित क्षमता प्रस्फुटन गराउने उद्देश्य सहित सञ्चालन गरिएको खेल सप्ताहमा आज विभिन्न खेल सम्पन्न भएका हुन ।  आज बुधबार भएको हाजिरीजवाफ प्रतियोगितामा बिबिएस प्रथम वर्षका प्रशिद्ध भट्टराईको समूहले प्रथम स्थान हासिल गर्न सफल भएका हुन ।
प्रतियोगितामा बिएड तेस्रो वर्षकी रेखा भट्टराइको समुह दोस्रो भएका थिए भने बिबिएस तेस्रो वर्षकी अमिसा गाैतमको समूह तेस्रो स्थान हासिल गर्न सफल भएका थिए । यस्तै क्याम्पसमा भएको भलिवल प्रतियोगितामा बिबिएस प्रथम बर्षको सजिता सारुको समूह प्रथम भएका थिए भने बिएड दोस्रो वर्षको स्वस्तिका थापाको समूह दोस्रो हुन सफल भएको थियो।
कविता प्रतियोगिता तर्फ पनि जम्मा १६ जना प्रतियोगिबाट रेखा भट्टराई प्रथम ,अस्मिता शर्मा दोस्रो र सारदा चालिसे तेस्रो हुन सफल हुनुभएको हो । क्याम्पसमा आज नै छात्र भलिवल पनि सम्पन्न भएको छ । क्याम्पसमा भोली विहिवार चेस कवड्डी लगायतका विभिन्न कार्यक्रम हुने क्याम्पस प्रसाशनले जानकारी दिएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation