
कपिलवस्तु । नेपाल खेलकुद महासंघको केन्द्रीय सचिवमा कपिलवस्तुका इन्चार्ज श्याम सुबेदीले उम्मेद्वारी घोषण गर्नुभएको छ । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघको यहि फागुन ७, ८ र ९ गते विराटनगरमा हुन गैरहेको महाधिवेशनको लागि उहाँले उम्मेद्वारी घोषण गर्नुभएको हो ।
विभिन्न संघ संस्थाका जिम्मेवार पदमा बसेर सफलता पुर्वक काम गरिसक्नुभएका सुवेदि अनुभवी रहेकोले उहाँको जित सुनिश्चित रहेको खेलकुद महासंघ कपिलवस्तुका अध्यक्ष सुसिल कुवरले बताउनु भएको छ । सुवेदी अनुभवि, इमान्दार, सक्षम, जाँगरिलो र विश्वासिलो पात्र रहेकोले उहाँलाई अत्याधिक बहुमतले केन्द्रिय सचिवमा जिताउन सिङ्गो जिल्ला खेलकुद महासंघ कपिलवस्तुले आग्रह गरेको छ ।