
कपिलवस्तु । बाणगङ्गा नगरपालिका स्वास्थ्य शाखा को आयोजनामा वार्ड नम्बर १ को उत्तमनगर आधारभुत स्वास्थ्य सेवा केन्द्र ले बाल मा बि बैरियामा हात्तिपाइले रोग बिरुद्दको आम औषधि सेवन अभियान (MDA) सम्बन्धि समुदाय स्तरिय अन्तरक्रिया सम्पन्न गरेको छ।वडाका ३ वटा टोल बिकास का अध्यक्ष ,बिद्यालय का प्रधान अध्यापक टिकाराम पौडेल तथा अन्य बिध्यालय का शिक्षक,स्वयंसेबिका हरुको उपस्थिति मा सो कार्यक्रम सम्पन्न भएको छ।
स्वास्थ्य सेवा केन्द्रकी प्रमुख इस्वरा खरेल ले हात्तिपाइले रोग ,त्यसको निवाकरण,र औषधि सेवन को बिसयमा जानकारी गराउनु भएको थियो।नेपाल का केही जिल्ला मा यो रोग को प्रभाव देखिएकोले त्यस्मा पनि कपिलवस्तु परेकोले सबैले औसधि सेवन गरि रोग निर्मुल को सुचिमा कपिलवस्तु लाई पनि पार्न अनुरोध गर्नुभएको थियो।कार्यक्रम को अध्यक्षता वार्ड नम्बर १ तथा स्वस्थ्य सेवा केन्द्र का अध्यक्ष सन्जु कुमार शारु ले गर्नुभएको थियो।
हात्तिपाइले बिरुद्दको यो समुदाय स्तरिय अन्तरक्रिया वडा का अझै ४ स्थानमा सबै लाई पायक पर्ने गरि सबै टोल बिकास संस्थाहरुला क्रमश सहभागी गराउदै अगाडि बढिने जानकारी गराउनु भएको छ।साथै हात्तिपाइले रोग बिरुद्दको औषधि यहि महिना को ११ गते वडाका विभिन्न स्कुल ,स्वास्थ्य सेवा केन्द्र र खोप केन्द्र मा खुवाइने भएकाले कोहि पनि नछुटेर औसधि सेवन गर्न समेत आग्रह गर्नु भएको थियो।कार्यक्रम को संचालन स्वास्थ्य सेवा केन्द्र कि प्रमुख इस्वरा खरेल ले गर्नुभएको थियो।