
कपिलवस्तु । कपिलवस्तुमा भएको सडक दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । शुक्रबारै जिल्लाको मायादेवी गाउँपालिका–८ विजुवा पुल नजिक सडकमा चाकरचौडातर्फ जाँदै गरेको लु.१ त ४०५८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्थानीय वाहदुल मुसलमानका छोरा ९ वर्षीय जाकिर मुसलमान रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनापछि गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । सो दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् । घाइतेहरुको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाई छ ।