गणेश माध्यमिक विद्यालयको ४३औं वार्षिकोत्सब सम्पन्न

प्युठान। गणेश माध्यमिक विद्यालय माण्डवी गाउँपालिका १ तिराम प्युठानको ४३औं वार्षिकोत्सब तथा अभिभावक दिवस विविध कार्यक्रम सहित सम्पन्न भएको छ ।
शुक्रवार विद्यालयको प्राङ्गणमा सम्पन्न कार्यक्रममा माण्डवि गाउँपालिका अध्यक्ष नमराज अधिकारी (रोसन) शिक्षा बिकास तथा समन्वय इकाई प्यूठानका प्रमुख शिवराज पण्डित, वडा अध्यक्ष बाम बहादुर वुढा, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, अभिभावक र बिद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बिभिन्न अक्षयकोश दाताहरू, पूर्व प्रधानाध्यापकहरु, पूर्व बिधालय व्यवस्थापन समितिका अध्यक्षहरूलाई अतिथिहरु बाट सम्मान गरिएको थियो । कार्यक्रममा अतिथिहरुले रास्ट्र र समाज परिबर्तनमा शिक्षाको महत्त्वपूर्ण भुमिका रहने भन्दै शिक्षाले नै हरेक क्षेत्रको बिकासमा महत्त्वपूर्ण भुमिका रहेको धारणा राखेका थिए।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation