उद्योग व्यापार संघ कपिलवस्तुको नियमित मासिक बैठक सम्पन्न

कपिलवस्तु । उद्योग व्यापार संघ कपिलवस्तुको नियमित मासिक बैठक संघको आफ्नै कार्यलयमा विभिन्न निर्णय गर्दै सम्पन्न भयेको छ । संघका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) को अध्यक्षता, गोबिन्द पौडेलको संचालनमा भएको दोस्रो बैठकमा निवर्तमान अध्यक्ष हुमनाथ पौडेलले सहजीकरण गर्नुभयेको थियो ।

बैठकमाअध्यक्ष खिमानन्द पौडेलले आगामी एक वर्ष भित्र यस संस्थाले गर्ने कार्यक्रमको बारेमा कार्ययोजना सहितका प्रस्तावहरु पेस गर्नुभयेको थियो । विशेष गरि निकै महत्वका साथ हेरिएको आगामी कपिलवस्तु महोत्सवको आयोजना समन्धमा पनि बैठकमा व्यापक छलफल गरि निर्णय गरियको छ । महोत्सवलाई सफल बनाउन सबैको साथ, सहयोग र सहकार्य आवस्यक रहेको निष्कर्ष सहित कपिलवस्तुको पहिचान दिनेगरी सम्पुर्ण आवस्यक तयारी गर्न टोपनारायण बेल्बासे, हुमनाथ पौडेल र माधब भाट क्षेत्री रहेको कोर टिम समेत गठन गरिएको छ ।

त्यसैगरी बार्षिक कार्ययोजनामा आधारित रहि वार्षिक क्यालेन्डर तयार गर्न वरिस्ठ उपाध्यक्ष यम बहादुर के सि को संयोजकत्वमा ९ सदस्यिय कार्यक्रम उपसमिति गठन गरिएको छ, भने आगामी बैठकमा विसय बिज्ञहरुलाइ समेटि विसयगत उपसमिति समेत गठन गरि संस्थालाइ थप ससक्त बनाउने निर्णय गरिएको छ ।

साथै आजनै उद्योग व्यापार संघ कपिलवस्तुका सदस्य धर्म बहादुर आलेको गत माघ २९ गते भऐको अकल्पनीय दुखद निधन प्रती शोक प्रस्ताव पारित गर्दै दिबाङ्गत धर्म आलेको घरमा शोकसभा सहित श्रद्धाञ्जली कार्यक्रम समेत सम्पन्न गरिएको छ ।

 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation