
कपिलवस्तु । बिहिवार देखि देशको १५ जिल्लामा हात्तीपाइले रोग बिरुद्धको औषधी खुवाइँदै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि २५ गतेसम्म हात्तीपाइले बिरुद्धको औषधी १५ जिल्लामा खुवाइँदै छ ।
हात्तीपाइले बिरुद्ध ढुक्कसँग औषधी सेवन गरी हात्तीपाइले बिरुद्धको महाअभियानलाई सफल बनाउन कपिलवस्तु नगरपालिका प्रमुख सुदिप पौडेलको अपिल संगै कपिलवस्तु सहित देशका १५ जिल्लामा हात्तीपाइले बिरुद्धको महाअभियान शुरु भएको छ। कपिलवस्तुमा ६ लाख ४२ हजारलाई हात्तीपाइले रोग बिरुद्धको औषधी खुवाईने कपिलवस्तु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताले बताए। २०६३ साल देखि चलाइएको अभियान अहिले १५ चरणका हो ।
१३ बर्ष सम्म एमडिए खुवाइएकोमा गत वर्ष देखि भने आईडिए औषधि खुवाइएको हो। हात्तीपाइले बिरुद्धको औषधी पुर्णरुपमा सुरक्षित रहको कपिलवस्तु अस्पतालका मे.सु डाक्टर किशोर बन्जाडेले बताए । यो औषधि जुका लुतो लगायतका रोगीकालागि फाईदाजन रहेको उनले बताए । भिडियो बाईट : कपिलवस्तु नगरपालिका प्रमुख सुदिप पौडेल कपिलवस्तु बाट हाम्रा सम्बादाता इमरान खान को रिपोर्ट