पाचौं सैनामैना महोत्सव सुरु हुन पाँच दिन बाकी

विमल गैरे, सैनामैना ।
रुपन्देहीको सैनामैनामा हुन लागेको सैनामैना महोत्सवको तयारी तिव्र पारिएको छ । मोहोत्सव लाग्न अव झण्डै पाच दिन मात्र बाकी रहदा स्टल निमार्ण, मञ्च तथा बाल उद्यानको काम तिव्र गतिमा भइरहेको छ । “देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हित संगै सामाजिक एकता ” भन्ने मुल नाराको साथ सैनामैना व्यापार संघको आयोजनामा पाँचौं राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सञ्चालन हुँदै छ । यहि फागुन १७ गते देखि २८ गते सम्म सैनामैना २ कालिका चोकमा महोत्सव संचालन हुने छ ।

महोत्सवको अहिले सम्म ५० प्रतिशत तयारी पुरा भएको आयोजकले जनाएको छ । मोहोत्सव स्थलमा टिकट काटेर गेट भित्र छिरेपछि दर्शकले सुरुमा
रारातालको झल्को दिने गरी रारा तालको निमार्ण कार्य भइरहेको छ । यस्तै पाचौं सैनामैना महोत्सवमा एकल लोक गीत प्रतियोगिता हुने पनि आयोजकले जनाएको छ ।
पाचौ डान्स आइडल, मम्मी डान्स प्रतियोगीता पनि महोत्सवको आर्कषण रहेको छ । राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको साथमा यसपटक भने सर्वाधिक रुपमा रुचाइएका कृष्ण कडेल सहितको इन्द्रणी टिमलाई सैनामैना महोत्सवमा देख्न पाइने छ ।

 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation