रुस/युक्रेन युद्धको एक वर्ष : शान्ति समाजद्वारा विश्व शान्तिको कामना

कपिलवस्तु । मानव अधिकार तथा शान्ति समाज कपिलवस्तु शाखाको आयोजना मा विभिन्न प्लेकार्ड ,ब्यानर सहित दिप प्रज्वलन गरि विश्व शान्ति को कामना गरेको छ।युद्ध निषेध ,शान्ति विशेष,मानवता पराजित,इतिहास लज्जित जस्ता नाराका प्लेकार्ड सहित शाका सभापति माधब घिमिरे को सभापतित्वमा भएको कार्यक्रम मा संस्थापक सभापति गोबिन्द पोख्रेल प्रमुख बक्ता को रुपमा हुनुहुन्थ्यो ।

कार्यक्रम मा विभिन्न संघ संस्था का प्रतिनिधि तथा शाखा का आजिवन सदस्य, कार्यसमिति सदस्य भुवन न्यौपाने ,राधिका आचार्य लगायत को उपस्थिति मा भएको कार्यक्रम मा रुस युक्रेन को युद्द्ले बिस्वकै धेरै क्षेत्र लाई नकारात्मक प्रभाव पारेकाले बिस्वभर यस्ता भयानक युद्धको अन्त्य हुनु पर्ने कुरामा सबै एकबद्द आवज उठाउनु पर्ने मा प्रमुख बक्ता पोख्रेल ले जोड दिनु भएको थियो।

हरेक हिंसा का विरुद्ध को आवाज मा सदैब नागरिक स्तरबाट आवाज उठाउनु पर्ने हरेक नागरिकको दाइत्व भएकाले हाम्रो आयोजनामा गरिएका हरेक गतिविधिमा सहभागिता जनाउनुहुने सबै प्रती धन्यवाद भन्दै सभापति माधब घिमिरे ले कार्यक्रम समापन गर्नुभएको थियो।कार्यक्रम जिल्ला सचिब बुद्दिशागर बेल्बासे ले संचालन गर्नुभएको थियो।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation