१६ किलो चरेस सहित शिवराज बाट एक जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ९ विजगौरी बाट प्रहरीले १६ किलो चरेस सहित एक व्यक्तिलाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा सोहि ठाउँका मेघराज घर्तिको घरबाट उक्त चरेस बरामद गरिएको जिल्ला प्रहरी कर्यालय कपिलवस्तुले जनाएको छ ।

प्रहरी कार्यालय चन्द्रौटा र इलाका प्रहरी कार्यालय सुन्दरीडाडाँ बाट खटिएको संयुक्त टोलीले सो चरेस सहित घरमुली मेघराज भर्तिलाई पक्राउ गरि थप अनुसन्धान गरेको प्रहरीले जनाएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation