आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोटमा आज नेपाल र हङकङ खेल्दै

काठमाडौं ।  यूएईमा जारी रहेको आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले आज सोमबार हङकङसँग खेल्दै छ । नेपालले आफ्नो तेस्रो खेलमा हङकङको सामना गर्दैछ । खेल नेपाली समयअनुसार बिहान १०ः४५ बाट सुरु हुनेछ ।

नेपाल लगातार तेस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा शुक्रबार सिंगापुरलाई र दोस्रो खेलमा शनिबार कुवेतलाई पराजित गरेको थियो ।

हङकङ भने दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा कुवेतलाई पराजित गरेको हङकङ दोस्रो खेलमा यूएईसँग पराजित भएको थियो ।  २०१६ पछि पहिलो पटक विश्वकपमा छनोट हुने लक्ष्यका साथ यूएर्इ पुगेको नेपाली टोली जित निरन्तरता  गर्न चाहन्छ।

प्रतियोगितामा नेपालले देव खनालको कप्तानीमा खेलिरहेको छ । टोलीको मुख्य प्रशिक्षकमा जगत टमटा रहेका छन् ।प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ । तेस्रो खेलमा २८ तारिख मंगलबार मलेसियाको सामना गर्ने नेपालले २ मार्च बुधबार घरेलु टोलीसॅंग खेल्नेछ।

राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ।

नेपाली टिम –

देव खनाल (कप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दिपक बोहरा , दिपक बोहरा, उत्तम थापा मगर, दिपक डुम्रे, दिपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, सुबास भण्डारी, विशाल बिक्रम केसी, मिलन बोहरा, आकाश चन्द

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation