
उपकार अनलाइन, सैनामैना ।
रातको समयमा महेन्द्र राजमार्गमा हिडिरहेको पैदल यात्रीलाई ठक्कर दिई फरार रहेको टिप्पर र सो टिप्परको चालकलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ ।
फागुन १२ गते राती ११ः४५ बजे रुपन्देही जिल्लाको सैनामैना नगरपालिकाको वडा नं ८ सुर्यनगर स्थित पुर्वपश्विम महेन्द्र राजमार्गमाको छेउमा एकजना पुरुष चोटपटक लागि गम्भिर घाईते भई लडिरहेको अवस्थामा देखि प्रहरीलाई खबर हुनासाथ घटनास्थलमा ईलाका प्रहरी कार्यालय सालझण्डीबाट प्रहरी पुगी टाउकोमा गहिरो चोटलागी गम्भिर घाईते रहेका नाम थर तत्काल नखुलेका परुषलाई उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा उपचारको लागि पठाईएको थियो।
उपचारकै क्रममा पैदल हिडिरहेका पाल्पा जिल्ला रैनादेवी छहरा ८ घर भएका ३१ वर्षिया पुरन पेग्नी मगरलाई ठक्कर दिएको खुलेपनि ठक्कर दिने सवारी पत्ता लागिसकेको थिएन। तत्पश्चात ईलाका प्रहरी कार्यालय सालझण्डीबाट प्रहरी स्थलगत रुपमा खटिई अनुसन्धान गर्दा ६ चक्के टिप्परले ठक्कर दिएको देखिन आयो। पछि थप अनुसन्धानकै क्रममा उक्त टिप्पर पहेलो रंगको भएको र महेन्द्र राजमार्गबाट भित्री सडकखण्डमा गई फरार रहेको विभिन्न खखख फुटेजको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।
टिप्परको खोजि गर्दा अर्को दिन दिउँसो मात्र सैनामैना नगरपालिका ७ आमी भन्ने स्थानमा घर पछाडीको भागमा एउटा पहेँलो टिप्पर फेला परेको र टिप्परसँग घटनालाई तुलनात्मक अनुसन्धान गर्दा सोहि टिप्परले नै पुरन पेग्मीलाई ठक्कर दिई फरार भएको पाइएको र टिप्पर र चालक २३ वर्षिया धन बहादुर थारुलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका टिप्पर चालकलाई ईलाका प्रहरी कार्यालय सालझण्डीमा राखी सवारी अंगभंग मुद्दामा म्याद थप गरी थप अनुसन्धान भैरहेको छ। घाईते रहेका पुरन पेग्नी मगरको टाउकोमा गहिरो चोट देखिएको छ भने हाल उनलाई लुम्बिनी प्रादेशिक अस्पतालमा नै राखेर उपचार गरिएको छ ।