बुटवल सामुदायिक वनको अध्यक्षमा पौडेल र सचिवमा भट्टराई

उपकार अनलाईन, सैनामैना ।

बुटवल सामुदायिक वनले नयाँ नेतृत्व पाएको छ । जसको अध्यक्ष बाबुराम पौडेल र सचिव रन्जु भट्टराई निर्वाचित भएका छन् ।बुटवल सामुदायिक वन उपभोक्ता समुहको १६ औं साधारण सभा तथा १४ औं अधिवेशनबाट पौडेल र भट्टराई निर्वाचित भएका हुन् ।

बुटवल उपमानगरपालिका १ र २ मा पर्ने सो वनको १७ सदस्य कार्यसमिति समेत चयन भएका छन् । अध्यक्षमा बाबुराम पौडेल, उपाध्यक्ष जिवलाल पौडेल, सचिव रन्जु भट्टराई, कोषाध्यक्ष समा श्रेष्ठ, सह–सचिव देवेन्द्रलाल श्रेष्ठ, संयोजक अनुगमन समिति विष्णु सेन ठकुरी, संयोजक लेखा समिति कृष्ण प्रसाद श्रेष्ठ, महिला सदस्यहरमा क्रमस तिलु श्रेष्ठ, निरु महर्जन, कमला खनाल। दिव्यलक्ष्मी राजभण्डारी, साजहा वेगम, माया थापा क्षेत्री, अन्य सदस्यहरुमा लिल बहादुर वि.क., हरि प्रसाद गौतम, मेघराज पोख्रेल, शेरवहादुर थामी मगर रहेका छन् ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation