पाचौं सैनामैना महोत्सव भोलीबाट

विमल गैरे, सैनामैना ।
पाँचौ सैनामैना महोत्सव भोलीबाट सुरु हुदै छ । “देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हित संगै सामाजिक एकता” भन्ने मूल नारा रहेको महोत्सव सैनामैना–२, कालिका चोकमा सञ्चालन हुने छ ।

सैनामैना व्यापार संघको मुख्य आयोजना, सैनामैना उद्योग वाणिज्य संघको सह–आयोजनामा मेला फागुन २८ गते सम्म सञ्चालन हुने मेला मुल आयोजक समिति संयोजक सुरेन्द्र पौडेलले बताउनुभयो । मेलाको सम्पुर्ण तयारी अहिले अन्तिम चरणमा पुगेको उपकार अनलाइनलाई जानकारी दिनुभयो । स्थानिय कृषि उपज र व्यवसायलाई विशेष प्राथमिकता दिइने महोत्वसमा स्थानिय भाषा धर्म, संस्कृति र परम्परालाई प्रर्वद्धन गर्न अहिले विशेष प्रकारका कार्यक्रम गर्न लागेको पनि आयोजकले जनाएको छ ।

करिब १ लाख दर्शक भित्राउँदै ७० देखि ७५ लाख सम्मको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको महोत्वसमा सुरक्षा अवस्थालाई विशेष ध्यानमा राखेको सैनामैना ब्यापार संघका महासचिव हरिलाल न्यौपानेले जानकारी दिनुभयो । विगतका महोत्सवहरुमा हुदै आएको डान्स आईडल, मम्मी डान्सलाई निरन्तरता दिदैं यस महोत्सवलाई नयाँपन दिन नगर स्तरीय लोक गीत प्रतियोगिता गर्न लागिएको बताउनुभयो । उहाँले दुवै आईडल तथा लोक गीत प्रतियोगिताको आवश्यक प्रक्रिया अघि बढेको जानकारी समेत दिनुभयो ।

रुपन्देहीको सैनामैना पर्यटनको क्षेत्रमा पनि निकै धनि रहेको हुँदा सैनामैनाको समग्र पहिचान झल्काउँदै विशेष गरि कृषिलाई प्राथमिकता दिने उहाँले बताउनु भएको छ । जिल्ला तथा नगरका घरेलु तथा कृषिबाट उत्पादित वस्तुहरुको प्रर्बद्धनलाई महोत्वसवले अझ बढि सहयोग गर्ने संयोजक पौडेलले बताउनु भयो ।

भोली उद्घाटनको दिन बिभिन्न संघसंस्था र विद्यालयले नेपालको राष्ट्रियता, कला, संस्कृति, भेषभुषा झल्कने खालका झाँकी प्रदर्शन गर्ने छ भने बिभिन्न स्थानबाट र्याली निकालिन लागिएको महोत्सवका प्रचार–प्रसार संयोजक गोविन्द पोख्रेलले बताए ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation