कपिलवस्तुको शुद्धोधन बाट १७ वटा अवैध पाडा पाडी नियन्त्रणमा

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन बाट ३ लाख ४० हजार बराबरको अवैध पाडा पाडी नियन्त्रणमा लिइएको छ । शुद्धोधन गाउँपालिका ५ फुलुवापुर स्थित भारतिय सिमानाकाबाट भन्सार छलि गरि नेपाल तर्फ ल्याउँदै गरेका नेपाल १७ वटा पाडा पाडी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय पकडिबाट खटि गएको प्रहरी गस्ति टोलीलाई देखी उक्त पाडापाडि सोहि स्थानमा छाडि मानिसहरु भने भारत तर्फ भागेको प्रहरीले जनाएको छ । पक्राउ गरिएका पाडापाडिको अन्दाजि मुल्य ३ लाख ४० हजार रहेको छ । नियन्त्रणमा लिएका उक्त पाडापाडिलाई आवश्यक कारवाहिको लागि सुठौलि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation