सैनामैना महोत्सवमा विहीवार रमेशराज भट्टराई, आशा वि.सी आउदैं

उपकार अनलाइन, सैनामैना ।

पाचौं सैनामैना महोत्सवको दोस्रो दिन भोली (विहिबार) चर्चित आधुनिक गायक रमेशराज भट्टराई, लोक तथा दोहोरी गायिका आशा वि.सी, गायक गोकुल न्यौपाने, राजेश भण्डारी लगायत स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने महोत्सवका सास्कृतीक संयोजक चाम बहादुर क्षेत्रीले जानकारी दिए ।

यस्तै भोली (विहिवार) बाट नै पाचौं सैनामैना डान्स आईडल पनि सुरु हुने छ । प्रि– अडिसनबाट १० जनालाई छनोट गरीएको थियो भोलि १० जनाको प्रस्तुती रहने छ भने पर्सिबाट १/१ जना बाहिरीने अतिरीक्त क्रियाकलाप उपसमिति संयोजक चन्द्रप्रकास वन (रामु) ले जानकारी दिए । महोत्सवमा अर्को महत्वपुर्ण रुपले हेरिएको लोक गित प्रतियोगिता र मम्मी डान्स प्रतियोगिताको पनि अन्तीम तयारी भएको आयोजकले बताएको छ ।

May be an image of 11 people, people standing and text

“देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हितसँगै सामाजिक एकता” भन्ने मुलनारासहित सैनामैना २ कालिकाचोकमा सैनामैना महोत्सव सुरु भएको छ । महोत्सव फागुन २८ गतेसम्म सञ्चालन हुने छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation