उपकार अनलाइन, सैनामैना ।
पाँचौ सैनामैना महोत्सवको तेस्रो दिन आज लोक तथा दोहोरी गायक पशुपति शर्मा, लोक तथा दोहोरी गायिका अस्मिता डल्लाकोटी आउने आयोजकले जनाएको छ । यस्तै आजै गायिका सपना गाहा, गायक मधु परियार साथमा स्थानीय कलाकारहरुको विशेष प्रस्तुतस् रहने सास्कतिक संयोजक चाम वहादुर क्षेत्रीले बताए ।
महोत्सवको दोस्रो दिन दर्शकको सन्तोषजनक सहभागिता रहेको भन्दै आजबाट विस्तारै दर्शकहरु मेला अवलोकन गर्न आउने मुल आयोजक समिति संयोजक सुरेन्द्र पौडेलले बताए । यता महोत्सवको मुख्य आकर्षणको रुपमा हेरिएको पाचौ सैनामैना डान्सिङ्ग आईडलमा हिजो १० ले प्रस्तुती देखाएका थिए आजबाट क्रमश दर्शक तथा निर्णायकको आधारमा १/१ जना बाहिरिने अतिरिक्त क्रियाकलाप संयोजक चन्द्र प्रकाश वन (रामु) ले जानकारी दिए ।
“देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हितसँगै सामाजिक एकता” भन्ने मुलनारासहित सैनामैना २ कालिकाचोकमा सैनामैना महोत्सव जारी छ । मेला फागुन २८ गतेसम्म सञ्चालन हुनेछ ।