नेपाल–भारत सांस्कृतिक सम्बन्धको उदाहरण “खाटु श्याम” रथ यात्रा

कृष्णनगर । हिन्दुधर्मावलम्बीको भगवान “खाटु श्याम” रथयात्रा नेपाल(भारत सांस्कृतिक सम्बन्धको उदाहरण बन्दै गएको छ ।
भारतको बढ्नी , पचपेडवाबाट नेपालको कृष्णनगरसम्म पुगेको रथयात्रालाई नगरबासीद्वारा भव्य स्वागत गरिएको छ ।

प्रत्येक बर्ष भारतबाट नेपाल आउने र नेपालबाट भारत जाने रथ यात्रामा मारवाडी समाजको उल्लेखनीय भुमिका रहेको हुन्छ । अबिर, गुलाल, झण्डा पताकाको प्रयोग गरि सौहर्दय एवं शान्तिपूर्ण रथयात्रामा हजारौं भक्तजन भजन गर्दै परिक्रमा गर्छन । महिला पुरुष भक्तालु देखि बच्चासमेतको सहभागितामा भव्य रथयात्रा निकालिएको अरविनणद अग्रवालले बताउनुभएको छ ।
रथ यात्रापछि भजनकिर्तन भइरहेको र भोली सांझ लक्ष्मीनारायण मन्दिरमा प्रसाद वितरण गरिने आयोजकले जनाएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation