
कपिलवस्तु । जिल्लाको पश्चिम क्षेत्र बिजयनगर गाउँपालिकामा शिक्षक सेवा आयोगको कक्षा संचालन भएको छ। कक्षा फागुन २० गते शनिबार देखि शुरु भएको हो । लुम्बिनी प्रदेशको लोकप्रिय शैक्षिक केन्द्र बुद्ध एजुकेसन सेन्टर चन्द्रौटाले शिक्षक सेवा आयोग को कक्षा संचालन गरेको छ। बिजयनगर गाउँपलिका वडा न.६ प्रेमनगर स्थित श्री हरिबोध आधारभुत बिद्यालयमा साझ ५ बजेदेखि ७ बजेसम्म कक्षा संचालन गरेको छ।
बिजयनगरबाट धेरै भन्द धेरै स्थायी शिक्षक उत्पादन गर्ने बुद्ध एजुकेसन सेन्टरका संचालक निरन्जन यादवले जानकारी गराउनु भयो।
जिल्लाको विभिन्न नगरका शिक्षा अधिकृत , स्थानिय वरिष्ठ शिक्षक बिज्ञ तथा बुटवल , दाङ , नवलपरासी र लुम्बिनी प्रदेश देखि वरिष्ठ शिक्षा बिद हरु द्वारा कक्षा संचालन हुने जानकारी गराउनुभएको छ। मेहिनेत तपाईं हरुको , गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजा दिने हाम्रो कर्तव्य नारा समेत उल्लेख गर्नुभएको छ।
इच्छुक प्रशिक्षार्थीहरु समयमै आआफ्नो सिट सुरक्षित गरि अध्ययन गरि आफ्नो लक्ष्य पूरा गर्नुहुन यादवले अनुरोध गर्नुभयो।बिजयनगरमा लोक सेवा तथा शिक्षक सेवा आयोगको कक्षा संचालन नहुदा बिजयनगर देखि चन्द्रौटा जाने अवस्था थियो।अब त्यो अवस्था बुद्ध एजुकेसन सेन्टरले अन्त्य गरेको प्रक्षार्थी सगराम बढईले बताउनुभयो।आज उपस्थित सम्पुर्ण प्रक्षार्थिहरु बिजयनगरमा आयोगको कक्षा संचालन हुँदा खुसी ब्यक्त गरेका छ्न। शनिबार देखि संचालन भएको कक्षा शुक्रबार सम्म परिक्षणकाल रहने यादवले बताउनुभयो।
सम्पर्क ९८५७०१४६५१, ९८०२६१२६५१