
उपकार अनलाइन, सैनामैना ।
सैनामैनामा यहि १७ गतेदेखि सैनामैना व्यापार सङ्घद्वारा सञ्चालन गरिएको सैनामैना व्यापार महोत्सवमा शनिवार अतिरिक्त कार्यक्रम अन्तरगतको वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
बिद्यार्थीको वाक कलालाई निखार्ने हेतुका साथ आयोजित वक्तृत्वकला प्रतियोगितामा सिद्धार्थ मेमोरियल स्कुलकी छात्रा एन्जल कार्कीले प्रथम स्थान हासिल गर्न सफल हुनुभएको छ भने सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयकी छात्रा अस्मिता पोखरेलले द्वितीय स्थान हासिल गर्नुभएको छ । तेस्रो स्थानमा भने ग्यालेक्सी इङलिस बोर्डिङ स्कुलकी छात्रा स्वीकृती पाण्डे हुनुभएको छ । यस्तै बुद्ध इङलिस स्कुलको छात्र समीर अधिकारीले सान्त्वना स्थान हासिल गर्नुभएको छ ।
कार्यक्रममा अतिरिक्त कार्यक्रम तर्फका संयोजक चन्द्रप्रकाश वनको अध्यक्षता एवम सञ्चारकर्मी चन्द्रा बस्यालको सञ्चालन रहेको थियो ।