
कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नम्बर २ मा स्वास्थ्य सरसफाई सम्बन्धी ४ दिने अभिमुखीकरण तालिम आज देखि सुरु भएको छ । वडा नम्बर २ को आयोजना तथा म्याजिक इन्टरटेनमेन्ट मिडिया प्रालिद्वारा सञ्चालीत रेडियो हर्टविटको प्राविधिक सहयोगमा उक्त तालिमको सुरु गरिएको हो ।
वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलको अध्यक्षता, बाणगंगा नगरका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालको प्रमुख आतिथ्यता, जिल्ला समन्वय समिति सदस्य सुमित्रा दमै, कार्यपालिका सदस्य शान्ता पाण्डे, तालिमका प्रशिक्षक तथा वास ट्रेनर दयाराम शर्मा, वडा सदस्यहरु झिमलाल सापकोटा, प्रेम रौतार, वडा सचिव सन्तोष थापा, रेडियो हर्टविटका स्टेसन म्यानेजर अशोक पौडेल, लगायतको आतिथ्यतामा तालिमको आज उद्घाटन गरिएको छ ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले केहि समय नगरमा सरसफाइको समस्या रहेपनि अहिले त्यो हटिसकेको बताउनु भएको छ । फोहोरलाई फोहोरको रुपमा नबुझि मोहोरको रुपमा बुझेर नगरले त्यसलाई अहिले व्यवस्थापन गरिरहेको बताउनु भएको थियो । तालिमको क्रममा सिकेका कुरालाई तालिममा मात्र सिमित नगराई व्यावाहारमा लागु गर्नुपर्ने बताउनु भएको थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति सदस्य सुमित्रा दमैले तालिमको अवधि ४ दिन गराएको भन्दै खुसी व्यक्त गर्नुभएको थियो । सहभागिहरुले तालिमको अवधिमा सिकेका कुरालाई व्यावाहारमा लागु गरेर समाज परिवर्तमा सहयोग पुर्याउने विश्वास व्यक्त गनुभएको थियो ।
वडाका विभिन्न टोलका करिब ३० जनाको सहभागिता रहेको तालिमको उद्घाट कार्यक्रमको स्वागत भने कार्यपालिका सदस्य शान्ता पाण्डेले गर्नुभएको थियो ।