
बिराट पहारी, अर्घाखाँची ।
अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ को ढाकावाङ्गमा तेस्रो पिपलनेटा खुल्ला भलिबल प्रतियोगिताको आइतवार रोयल ढाकाबाङ भलिवल क्लब फाइनलमा प्रवेश गरेको छ ।
मालारानी हंसपुर भलिबल क्लव र रोयल ढाकाबाङ बीच भएको खेलमा रोयल ढाकाबाङ भलिवल क्लबले हंसपुर भलिवल क्लवलाई २–० को सोझो सेटमा पराजित गर्दै फाइनल मा प्रवेश गरेको हो। यस अघि रोयल ढाकाबाङले आफ्ना दुइखेलमा खिल्जी युवा क्लब र आदीबासी जनजाती क्लबलाई पनि २–० को सोझो सेटमा पराजीत गरेको थियो ।
पिपलनेटा बजार विकास संस्था भुमिकास्थान नगरपालिका १ र २ को आयोजनामा शुरु भएको तेस्रो पिपलनेटा खुल्ला भलिबल प्रतियोगिताको भुमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले उद्घाटन गर्नुभयको थियो।
तेस्रो पिपलनेटा खुल्ला भलिबल प्रतियोगितामा आयोजक १ अन्य बाहिरी ७ गरी ८ टिम सहभागी रहेको आयोजक समुहका सदस्य बिष्णु शर्माले बताउनु भयो बाकि रहेको सेमिफाइनल र फाइनल खेल आज (सोमवार) हुदै छ ।