छैठौं सैनामैना महोत्सव मसिंर ६ गते बाट लाग्ने

उपकार अनलाइन, सैनामैना ।
सैनामैना उद्योग बाणिज्य संघले छैठौं सैनामैना महोत्सवको मिति घोषणा गरेको छ । मंगलवार होली मिलन तथा छैठौं सैनामैना महोत्सव २०८० घोषणा कार्यक्रमको आयोजना गरी छैठौं सैनामैना महोत्सवको मिति घोषण गरेका हुन् ।

महोत्सव २०८० मंसिर ६ गतेबाट १७ गते सम्म लाग्ने सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष प्रेम खड्काले जानकारी दिए । मेलाको तयारी गर्नका लागि पनि पुर्व घोषणा गरेको अध्यक्ष खड्काले जानकारी गराए । सैनामैना महोत्सव सैनामैना व्यापार संघ र सैनामैना उद्योग बाणिज्य संघले आलो पालो लगाउदै आइरहेका छन् ।

 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation