‘ए’ डिभिजन लिगमा आज तीन वटा खेल हुँदै : लिग हेर्न महिला दर्शकलाई आज निःशुल्क प्रवेश

काठमाण्डौ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । लिगको दोस्रो चरण अन्तर्गत आज च्यासल मैदानमा एउटा र दशरथ रङ्गशालामा दुई वटा खेल हुनेछ।

च्यासल मैदानमा दिउँसो साढे दुई बजे एपीएफ र सातदोबाटो तथा दशरथ रङ्गशालामा दिउँसो साढे दुई बजे पुलिस र हिमालयन शेर्पा खेल्दैछन् ।

त्यस्तै बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा मनाङ मस्याङ्दी र संकटाबीच खेल हुनेछ । नारी दिवसका अवसरमा आजका खेलमा महिला दर्शकलाई निःशुल्क प्रवेश दिइने भएको छ ।

‘ए’ डिभिजन लिगमा हिजोदेखि दोस्रो चरणका खेल सुरु भएका हुन् । यस सिजनको ‘ए’ डिभिजन लिग डबल राउण्ड रोबिनको आधारमा भैरहेको छ ।

यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछन् । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation