उपकार अनलाइन, सैनामैना ।
“देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हितसँगै सामाजिक एकता” भन्ने मुलनारासहित सञ्चालित पाँचौ सैनामैना महोत्सवमा आज बिहीबार चर्चित बालकलाकार सुप्रिम मल्ल ठकुरी, लोक तथा दोहोरी गायक घनश्याम रिजाल र लोक तथा दोहोरी गायिका इन्दिरा गैरे, हास्य कलाकार विज्ञान अर्याल लगायत राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहनेछ । मेलामा सैनामैना डान्सिङ्ग आइडल, लोक गीत प्रतियोगिता र टप सोनी गुप्रको प्रस्तुति दैनिक रुपमा चलिरहेको अतिरिक्त क्रियाकलाप संयोजक चन्द्र प्रकाश वनले बताउनुभयो ।
सैनामैना व्यापार संघको आयोजनामा गत फागुन १७ गते देखि पाँचौ राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा
जारी छ । सैनामैना २ कालिकाचोक स्थित ग्लोबल मधुरिमा पार्टी प्यालेस नजिकै चलिरहेको महोत्सव फागुन २८ गते सम्म सञ्चालन हुने छ ।