छत्रकोट गुल्मीमा प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु

कालिदास आत्रेय, गुल्मी ।
छत्रकोट गाउँपालिका गुल्मीको आयोजनामा प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ। छत्रकोट गाउँपालिकाको खर्ज्याङ खेल मैदानमा दुई दिनसम्म संचालन हुने खेलकुद प्रतियोगितामा अन्तरवडा स्तरिय भलिबल प्रतियोगिता , जनप्रतिनिधी , कर्मचारी र शिक्षक बिच मैत्रीपुर्ण भलिबल प्रतियोगिता र ब्याडमिन्टन प्रतियोगिता लगायतका प्रतियोगिताहरु हुने भएको छ।

प्रतियोगिताको पहिलो दिन जन प्रतिनिधि र कर्मचारी बिचको भलिबल प्रतियोगितामा कर्मचारीको टिम विजयी भएको थियोे । त्यसै गरि कर्मचारी र शिक्षक बिचको भलिबल प्रतियोगितामा शिक्षकको टिम विजयी भयको छ। अन्तर वडा स्तरीय पुरुष र महिलाको भलिबल प्रतियोगिता मा ५÷५ बटा टिमको सहभागिता रहेको छ। त्यसैगरी खुला ब्याडमिन्टन प्रतियोगिता ३४टिम र ४० बर्ष माथिको आरक्षणमा ६ टिम गरि ४० वटा ब्याडमिन्टन टिमले प्रतिस्पर्धा गरिरहेका छन । उक्त प्रतियोगितामा भाग लिन छत्रकोट गाउँपालिकाका रुपन्देही पोखरा लगायतका ठाउँमा विभिन्न पेशा व्यवसाय गरि बसेका खेलाडीहरुको सहभागिताले खेल थप आकर्षक बनेको छ।

छत्रकोट गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रका बिशिस्ट अतिथिहरुमा पुर्ब छत्रकोट गाउँपालिका अध्यक्ष मधु कृष्ण पन्त , मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्का , धुर्कोट गाउँपालिका उपाध्यक्ष सीता गिरि रहनु भएको थियो। त्यसैगरी पुर्ब वडा अध्यक्षहरु , कार्यपालिका सदस्यहरु,वडा सदस्यहरु विभिन्न विद्यालयका बि ब्य स अध्यक्ष र प्र अ हरु ,पत्रकार लगायतको आतिथ्यता रहेको थियोे । प्रमुख प्रशासकिय अधिकृत वीर बहादुर पुनको स्वागत मन्तव्य रहेको कार्यक्रममा खेलाडीहरुले मार्च पास गरेका थिए । सो अबसरमा विभिन्न गित र नृत्यहरु समेत प्रस्तुत गरिएको थियो । कार्यक्रम को संचालन शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख टिकाराम आचार्यले गर्नुभएको थियोे ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation