
उपकार अनलाइन, सैनामैना ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट महिला संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) संयोजकमा संयोजक दिपिका शर्मा चयन हुनुभएको छ । रुपन्देहीको जिल्ला भेलाले शर्मालाई सर्वसम्मत चयन गरेको हो । यस्तै सह संयोजकमा राधा पौडेल र सचीव धनकुमारी थारु लाई चयन गरेको छ ।
जिल्ला भेलाले संयोजकमा चयन गरेको भन्दै शर्माले फेशबुक स्टाटस राख्दै सवैलाई धन्यवाद दिनु भएको छ ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) रुपन्देही जिल्लाको भेलाबाट संयोजक पदमा मलाई सर्वसम्मत रुपमा निर्वाचित गराउन महत्वपुर्ण भुमिका निर्वाह गर्नुहुने पार्टीका जिल्ला संयोजक , हाम्रो संगठनका इन्चार्ज , संयोजक , प्रदेश कमीटिका सह योद्धा कमरेडहरु एवम् जिल्ला कमीटिका कमरेडहरु सम्पुर्णलाइ हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।