
कपिलवस्तु । कपिलवस्तु को बाणगङ्गा ७ निवासी सामाजिक ब्याक्तित्व सुर्य बराल ले स्वर्गीय धर्मपत्नी पार्वती बराल को दोश्रो पुण्य तिथि को अवसरमा राजेश आस्था फाउन्डेसन मा विभिन्न खाद्यान्न सामाग्री हस्तान्तरण गर्नुभएको छ।उद्योग बाणिज्य संघ कपिलवस्तु लगायत यश क्षेत्र का विभिन्न संघ संस्था मा कृयाशिल रहनु भएकी उहाँकि धर्मपत्नी पार्वती घिमिरे बराल को २ बर्स अगाडि सडक दुर्घटना भइ उपचारका क्रममै निधन भएको थियो।अंघिल्लो बर्सको पुण्य तिथिमा बराल द्वारा बाणगङ्गाकै कैलाश आश्रम नन्दनगर गुरुकुलमा रहेका बटुक हरुका निम्ति खाद्य सामाग्री हस्तान्तरण गर्नुभएको थियो।राजनैतिक तथा सामाजिक क्रियाकलाप मा सक्रिय भुमिकामा रहनुभएका सुर्य बराल कि कान्छी सुपुत्री समिक्षा बराल समेतको उपस्थिति मा आज लागुऔसत दुर्वेसनी तथा विभिन्न कारण फाउन्डेसन मा रहनेहरुका लागि फाउन्डेसन ले गरेका रचनात्मक क्रियाकलाप को प्रोत्साहन का लागि आफुहरुले यथासक्य आटा,तेल,आलु,प्याज लगायत का खाद्यान्न सामाग्री प्रदान गरि आफुसक्दो सहयोग सबैले गर्ने संस्कारको बिकास का लागि टेवा पुराउन आफू सदैव लागिरहने श्रीमान सुर्य बराल र छोरी समिक्षा बराल ले जनाउनुभएको छ।