स्वर्गीय श्रीमतिको सम्झनामा बरालद्वारा राजेश फाउन्डेसनलाइ खाद्यान्न सामाग्री हस्तान्तरण

सागर बेल्बासे, कपिलवस्तु ।
कपिलवस्तुको बाणगङ्गा ७ निवासी सामाजिक ब्याक्तित्व सुर्य बरालले स्वर्गीय धर्मपत्नी पार्वती बरालको दोश्रो पुण्य तिथिको अवसरमा राजेश आस्था फाउन्डेसनमा विभिन्न खाद्यान्न सामाग्री हस्तान्तरण गर्नुभएको छ।

उद्योग बाणिज्य संघ कपिलवस्तु लगायत यस क्षेत्रका विभिन्न संघ संस्थामा कृयाशिल रहनु भएकी उहाँकि धर्मपत्नी पार्वती घिमिरे बरालको २ बर्स अगाडि सडक दुर्घटना भइ उपचारका क्रममै निधन भएको थियो। अंघिल्लो वर्षको पुण्य तिथिमा बरालद्वारा बाणगङ्गाकै कैलाश आश्रम नन्दनगर गुरुकुलमा रहेका बटुकहरुका निम्ति खाद्य सामाग्री हस्तान्तरण गर्नुभएको थियो। राजनैतिक तथा सामाजिक क्रियाकलापमा सक्रिय भुमिकामा रहनुभएका सुर्य बराल की कान्छी सुपुत्री समिक्षा बराल समेतको उपस्थितिमा सोमवार लागुऔसत दुर्वेसनी तथा विभिन्न कारण फाउन्डेसनमा रहनेहरुका लागि फाउन्डेसनले गरेका रचनात्मक क्रियाकलापको प्रोत्साहनका लागि आफुहरुले आटा, तेल, आलु, प्याज लगायतका खाद्यान्न सामाग्री प्रदान गरि आफुसक्दो सहयोग सबैले गर्ने संस्कारको बिकासका लागि टेवा पुराउन आफू सदैव लागिरहने सुर्य बराल र छोरी समिक्षा बरालले जनाउनुभएको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation