वन डढेलो सचेतना सप्ताहको चौथो दिन आज चार नम्बरमा प्रदर्शन

कपिलवस्तु । वन डढेलो सचेतना सप्ताहको चौथो दिन आज जिल्लाको चार नम्बरमा प्रदर्शन गरिएको छ । वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासघं कपिलवस्तुको आयोजना तथा डिभिजन वन कार्यालय तौलिहवा कपिलवस्तुको सहआयोजना सप्ताह व्यापी कार्यक्रम अन्तर्गत आज चारनम्बरमा प्रदर्शन गरिएको हो ।

कार्यक्रममा बोल्दै कर्यक्रमका प्रमुख अतिथि ताथा डिभिजन वन कार्यालय कपिलवस्तुका डिभिजनल वन अधिकृत विजयराज सुवेदिले नेपाल सहित विश्वमा नै वन जगंलको क्षेत्र तिव्र रुपमा मासिएको अवस्थामा आम उपभोक्ताले वन जगंललाई जोगाउनु प्रमुख दायित्व भएको बताउनु भएको थियो । गर्मी मौसम लागे सगैँ वन जगंलमा जानेर वा नजानेर विभिन्न बहानामा आगो लगउने काम हुने गरेको भन्दै त्यस तर्फ सबै सचेत रहनुपर्ने बताउनु भएको थियो ।

जगंलमा आगो लाग्दा वातावरण प्रदुषण हुने, विरुवा मासिएर जगंलको क्षेत्र कमि हुने, जगंली जनावर, विभिन्न किरा फट्याङ्ग्रा मर्ने, तिनको वासस्थान मासिन गई सिङ्गो इको सिस्टममै असर पर्ने भएकाले त्यस्तो कार्य नगर्ने र नगराउन सचेतना जगाउनु पर्ने बताउनु भएको थियो । अधिकृत सुवेदिले वन जगंलमा आगो लगएमा नेपाल सरकारको संविधान अनुसार कारवाही हुने पनि प्रष्ट पार्नुभएको थियो ।

त्यस्तै वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासघं कपिलवस्तुकी अध्यक्ष तथा कार्यक्रमकी अध्यक्ष रेनु सेनले कपिलवस्तुका विभिन्न वनमा पनि अघिल्ला वर्षहरुमा आगो लगेर ठुलो क्षति हुनेगरेकोले अवका दिनमा जगंलमा लाग्ने डढेलोलाई नियन्त्रण गर्न वन डढेलो सम्बन्धी सचेतना सप्ताह कार्यक्रमको आयोजना गरिएको बताउनु भएको थियो ।

कार्यक्रममा उपस्थित विभिन्न सामुदायिक वनका उपभोक्ताहरुले डढेलो बाट जंगल जोगाआँै, जैबिक विविधताको संरक्षण गरौँ, डढेलो बाट वन जोगाऔँ, वन जङ्गलमा डढेलो लाग्न नदिऔँ, लागि हालेमा सम्पुर्ण उपभोक्ता मिलि तुरुन्त निभाऔँ, वनमा डढेलो नियन्त्रण, जैविक विविधताको संरक्षण लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर सचेतना कार्यक्रममा उपस्थित भएका थिए ।

६ वटा सव डिभिजन वन कार्यालयका प्रमख तथा प्रतिनिधि, ६ वटा सव डिभिजन वन भित्रका विभिन्न सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी, उपभोक्ताहरु लगायतको उपस्थित रहेको कार्यक्रममा सव डिभिजन वन कार्यालय पिपराका सहायक वन अधिकृत खिल बहादुर तामाङको स्वागत र वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासघं कपिलवस्तुका सहसचिव डिल्लिराज रेग्मीको संचालनमा सम्पन्न भएको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation