
कपिलवस्तु । यथास्थितिवादी राजनैतिक दलहरुको क्रियाकलाप बाट दिक्क बनेका जनताको लोकप्रिय मतले पछिल्लो आम निर्वाचन बाट नेपाली प्रजातान्त्रिक इतिहासमा सबैभन्दा छोटो समयमा देश को चौथो दल स्थापित राष्ट्रिय स्वतन्त्र पार्टी को कपिलवस्तु बाणगङ्गा वडा नम्बर २ मा संगठन बिस्तार भएको छ। जिल्ला संयोजक शिबकुमार सुबेदिको सभापतित्वमा भएको कार्यक्रम मा प्रदेश प्रवक्ता कमल पोख्रेल ,प्रदेश सदस्य डाक्टर रोम बराल,जिल्ला उप संयोजक गिता शर्मा लगायत को उपस्थिति मा वार्ड कमिटी गठन भएको छ। युवा ब्याक्तित्व षडानन्द न्यौपाने सभापति ,जनकराज गौतम सचिब,बिष्णु कुमारी पौडेल सह सचिब,पुष्पराज सुवेदी (पारश)कोषाध्यक्ष क्रमशः सदस्य हरुमा दल बहादुर कुंवर,मीन बहादुर मिधुन,बिपिन सुनार,श्रीराम बस्याल ,नवीन थापा,दिनेश घिमिरे सहितको युवा नेतृत्व मा संगठन निर्माण भएको छ।समग्र जिल्ला मै हालसम्मका दलिय क्रियाकलाप बाट बितृष्णा जागेका विभिन्न दलमा आवद्द सक्रिय कार्यकता तथा निस्वार्थ जनताहरुको आशाको खम्बा रा स्व पा ( घण्टी ) रहेको स्वतस्फूर्त सम्पर्कमा आएका जनताको जनलहरले देखाएको प्रदेस सदस्य डा रोम बराल ले जनाउनु भएको छ।नवनिर्वाचित पदाधिकारी हरुलाइ टीका,रंङ्गिबिरङ्गी पुष्पगुच्छा सहित बधाइ तथा शुभकामना व्यक्त गर्दै लुम्बिनी प्रदेश प्रवक्ता कमल पोख्रेल ले निस्वार्थ भाबले जोडिन चाहाने सबै आम जनतालाइ घण्टी साथी बनेर आआफ्ना गाउँ,टोल ,वडा , पालिका,जिल्ला स्तरमा नेपालवाद र संबिधानवाद को महाअभियान मा जोडिएर अब नयाँ पुस्ताबाट देश र जनतालाइ प्रत्यक्ष परिणाम मुखी समृद्धि को बाटो मा लाग्न आग्रह गर्नुभएको छ।पार्टी का हरेक उदेश्य र कार्यनीतिहरु अत्यन्तै बैज्ञानिक ढङ्गबाट प्रतिपादन गरिएकोले यो अभियान मा जोडिन ढिला गर्नेहरु पछुताउनु पर्ने जनाउनुभएको छ।रा स्व पा ( घण्टी )साथि मा जोडिने र आन्तरिक तथा आम निर्वाचन मा भाग लिने प्राबधान हालसम्म कुनै दलमा अभ्यास नभएका नौलो ब्यबस्था बुझेका स्वच्छ छवि भएका धेरै साथीहरू को स्वतस्फूर्त आकर्षण ले आफुहरु अत्यन्तै उत्साहित भएको प्रवक्ता पोख्रेलले जनाउनु भएको छ। संगठन मा निर्वाचित पदाधिकारी हरुलाइ पद तथा गोपनियताको सपथ ग्रहण तथा बधाई ज्ञापन गर्दै पार्टी को विधि बिधान अनुरुप प्रक्रियामा गएर अब क्रमश सबै तहको संगठन बिस्तार लाई अगाडि बढाइने भएकाले जोडिन चाहाना भएका सबैले पार्टी सदस्यता लिएर अगाडि बढ्न जिल्ला संयोजक सुवेदी ले आग्रह गर्दै कार्यक्रम को समापन गर्नुभएको थियो। नवनिर्वाचित सभापति न्यौपाने ले आफ्नो नेतृत्व मा गौरवशाली पार्टी को नेतृत्व प्रदान गर्ने सम्पूर्ण सहभागी हरुप्रती विशेष धन्यवाद दिंदै सबै मिलेर आफ्नो टिम को कार्यकालमा समाज रुपान्तरण को अनुभुती दिलाउने प्रतिवद्द्ता समेत गर्नुभएको छ।कार्यक्रम को संचालन प्रदेश सदस्य डाक्टर रोम बराल ले गर्नुभएको थियो।कार्यक्रम मा त्यस क्षेत्र का शैक्षिक ,बौद्धिक ब्याक्तित्व हरु सहित संचारकर्मी,आम नागरिक हरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो। अब क्रमश अन्य सबै तहमा बिधिसम्मत ढङ्गले निर्वाचन गराइ संगठन बिस्तार अगाडि बढाइने जनाइएको छ।