सिद्धार्थ क्याम्पसको स्ववियु सभापतिमा थारु, सचिवमा गिरी र कोषाध्यक्षमा न्यौपाने निर्वाचित

कपिलवस्तु । स्ववियु निर्वाचन अन्तर्गत सिद्धार्थ क्याम्पस बुङ्चि कपिलवस्तुमा स्ववियु सभापतिमा नेविसंघका निलकमल थारु विजयी भएका छन । वि.सं. २०५२ साल यताको एमाले निकट अनेरास्ववियुको किल्ला तोड्दै सिद्धार्थ क्याम्पसमा नेविसंघ विजयी भएको हो ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार नेविसंघका थारुले ३ सय ७१ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिसपर्धी अनेरास्ववियुका अध्यक्ष पदका उम्मेदवार अंजित खनालले ३ सय ४२ मत ल्याएका छन् । त्यस्तै अखिल क्रान्तकारी विप्लवका अध्यक्ष पदकै उम्मेद्वार विष्णु बहादुर राउत विज्ञानले १२० मत प्राप्त गरेका छन ।

त्यस्तै सचिवमा अनेरास्ववियुका पशुपति गिरिले ४१० मत प्राप्त गर्दै विजयी भएका छन । गिरीका निकटतम प्रतिसपर्धी नेविसंघका नारायण पौडेलले ३५६ मत प्राप्त गरेका छन भने अखिल क्रान्तकारी विप्लव बाट सचिव पदकै उम्मेद्वार वर्षा बन्जाडेले ६१ मत प्राप्त गरेकी छन ।

त्यस्तै कोषध्यक्षमा नेविसंघका मनोज न्यौपाने ४३८ मत प्राप्त गरेर निर्वाचित भएका छन । उनका निकटतम प्रतिसपर्धी अनेरास्ववियुकी अप्सरा चौधरी थारुले ३१५ मत प्राप्त गरेकी छन भने अखिल क्रान्तकारी विप्लव बाट कोषध्यक्ष पदकै उम्मेद्वार अमृता थारुले ६८ मत प्राप्त गरेकि छन ।

त्यस्तै सदस्यमा अनेरास्ववियु बाट ३६९ मत सहित हरि प्रसाद थारु, ३८६ मत सहित अर्चना आचार्य, ३९४ मत सहित सावित्रा पाण्डे, ३६९ मत सहित बिपना गैरे निर्वाचित हुनुभएको छ भने नेविसंघको तर्फ बाट ३९० मत प्राप्त गर्दै सुदन पोख्रेल निर्वाचित भएका छन ।

 

त्यस्तै कपिलवस्तुका अन्य क्याम्पसको मतपरिणम हेर्दा बुद्धभूमी क्याम्पस बर्कलपुर, फलारी बाबा बहुमुखी क्याम्पस महाराजगंग र नेपाल आदर्श बहुमुखी क्याम्पस शिवपुरमा अनेरास्ववियूको प्यानल नै बिजयी भएको छ । बुद्धभूमीमा बाबुराम गिरीको प्यानल, महाराजगंजमा अभिशेषक यादवको प्यानल र शिवपुरमा राम कुमार तेलीको प्यानल नै विजयी भएको हो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation