
उपकार अनलाइन, सैनामैना ।
संगीत क्षेत्रमा लागेको छोटो समयमै मोडल अनिल पौडेलले दोस्रो विशाल लुम्बिनी लोक दोहोरी अवार्ड प्राप्त गर्न सफल भएका छन् । दोस्रो विशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०७९ मार्फत वर्षको सर्वोत्कृष्ट मोडलको बिधाबाट उनले अवार्ड हात पारेका हुन्।
उनले पाखे गीतबाट सर्वोत्कृष्ट मोडलको अवार्ड हात पर्न सफल भएका हुन्। पौडेल चर्चित मोडलको रुपमा चिनिन्छन। अवार्ड हात पारेसंगै पौडेल अझै थप जिम्मेवार साथ लोक दोहोरी क्षेत्रमा अगाडि बढने उनले उपकार अनलाइनलाइ बताए ।